‘सेमीफुङ’ चलचित्रको प्रिमियर दमकमा भोलि हुँदै

 लिम्बुवान न्युज
                       


दमक, ८ जेठ । याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे पत्रकार भेटघाट गरेर जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा चलचित्रका नायक एवम् निर्माता बबिन आङ्देम्बे, चलचित्रकर्मी राज थापा, किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, संस्कृतिकर्मी विक्रम वनेमलगायतको उपस्थित रहेको थियो ।
रणवीरन लिम्बू (रवि शेर्मा) को निर्देशन रहेको चलचित्रमा कलाकार राज थापा काउचा मगरको कथा/पटकथा/सम्वाद रहेको छ । सेसेमे से नाल्बो, साङ्सेन पन्धाक र आइत खजुमले चलचित्रमा गीत लेखेका छन् भने डिल्ली फोम्बोको संगीतमा देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङलगातको स्वर रहेको छ । शुक्रबार प्रिमियर गरिने चलचित्रको शनिबार भने खुला प्रदर्शन गरिने निर्माता आङ्देम्बेले जानकारी दिएका छन् । उनका अनुसार प्रिमियर शोका लागि याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, याक्थुङ मुन्चईत् चोक् सयङलगायत संघसंस्था आयोजक छन् ।
चलचित्रको प्रिमियर शुक्रबार बिहान १० ः ३० बजे दमकस्थित डिम्याक्स हलमा हुने निर्माण पक्षले जनाएको छ । शनिबार भने चलचित्रको खुला शो रहने चलिचित्रका गीतकार पन्धाकले बताए ।
चलिचित्रमा सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्फङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङ, बबिन आङ्देम्बेलगायतले अभियन गरेका छन् ।
इलामको माङसेबुङ र चुलाचुलीका विभिन्न स्थानमा, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षीलगायत स्थानमा छायांकन गरिएको चलचित्रमा धर्म, संस्कार, संस्कृति र सिद्धान्तका कारण विभक्त शिक्षित वर्गका याक्थुङहरुमा आई परेको वैचारिक संकटको कथा बोलिएको निर्माण पक्षको दावी छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...