कियाचु तेह्रथुमको अध्यक्षमा लोक बहादुर सिंगक

 लिम्बुवान न्युज
                       


मेयङलुङ, ११ जेठ । तेह्रथुमको मेयङलुङमा याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
शनिबार राती सम्पन्न बन्दसत्रले उपाध्यक्षहरुमा बलदेब तुम्बाहाङफे, कल्पना सम्बाहाङफे, सचिव राजकुमार तेयुङ (तरेबा), सह–सचिवहरुमा सुविन्द« थेगुवा, नारान आङलाबाङ र कोषाध्यक्षमा राजकुमारी लिम्बूलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रेवत सावादेन, पार्वती तेयुङ, रितुराज थेगुवा, याम लिम्बू, निर कुमार लिम्बू, अरुना सिंगक, मोहन सिंगक र करिना थलङ चयन भएका छन् ।
अधिवेशनका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष कमला फोम्बोले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कियाचु तेह्रथुमको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।


अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि फोम्बोसँगै पूर्व संघीय सदस्य सुबिन्द« थेगुवा, कियाचु तेह्रथुमका पूर्व अध्यक्षहरु लिलाबहादुर तुम्बाहाङफे, गणेश सेनेहाङ, सल्लाहकार कृष्णमान तुम्बाहाङफे र तेजमान कन्दङवा साथै पहिचानवादी नेता शंकरमान खेवाले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनको उद्घाटन समारोह कियाचु तेह्रथुमका निवर्तमान अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन राजकुमार तेयुङले गरेका थिए । चोङबाङ यस लिम्बुवानखबर डटकमका सम्पादक समेत हुन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...