‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन

 लिम्बुवान न्युज
                       

ललितपुर, जेठ । पूर्वी इलामको चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा करिब एक महिना मञ्चन गरिएको हो ।

चेतन  आङ्थुपोकाे निर्देशनमा बनेकाे नाटक गत वैशाख १६ देखि जेठ ११ गते आइतबारसम्म मञ्चन गरिएको नाटकलाई करिब एक हजार सात सय दर्शकले हेरेकाे जनाइएकाे छ ।

नाटकमा १७ कलाकारले अभिनय गरेका थिए भने चार जनाले प्रत्यक्ष वाद्यवादन गरेका थिए । समापन कार्यक्रमको अवसरमा लेखक धर्मेन्द्रविक्रम नेम्बाङ, पत्रकार टीकाराम यात्रीलगायतको उपस्थिति रहेको थियो ।

चुलाचुली रगमञ्चका प्रमुख चेतन आङ्थुपोको निर्देशन तथा रुपेश लामाको सहनिर्देशनमा रहेको नाटकको मुख्य निर्माता सुमन राई छन् । सहनिर्माता मोनरथ पोखरेल, लासेमी केरुङ, रुपा थुलुङ राई र दिलीप राई रहेका छन् ।

यो नाटक २००४ सालमा पाँचथरको चिलिङदेनमा जन्मिएर २०३७ साल पुसमा झापाको प्रसिद्ध तिर्थस्थल माईवेखी मेलामा हत्या भएका कर्णबहादुर केरुङको जीवनीमा आधारित रहेको निर्देशक आङ्थुपोले बताए ।

केरुङले पञ्चायती व्यवस्थाका बेला झोडामा बस्ती बसाउन गरेको योगदान साथै त्यतिवेला पञ्चायती व्यवस्थाका गाउँ पञ्चायतसँग गरेका प्रतिवाद साथै ३६ सालको जनमत संग्रहको चुनावको प्रतिनिधिमा उठेको समेत नाटकमा समेटिएको छ ।

उनलाई मेलामा धान नाँच्न बोलाएर जुवा खेल्ने क्रममा पञ्चेहरुले षडयन्त्र गरी पछाडिबाट खुकुरीले काटेर मारेको उनका सहयोगी फाइटरले बताउने गरेका छन् ।

दारासिंङ फौदारे हुनु भन्ने भास्यलाई यो नाटकले मज्जाले चिर्न खोजेको निर्देशक आङथुपो बताउँछन् । सामाजिक उत्तरदायित्व बोकेका आफू जहिल्यै पनि पहिचानको पक्षमा उभिएको भन्ने यो कथाले देखाएको छ । साथै नाटकमा झोडा फाड्दा अथवा फाडेर बस्ती बसाउँदा भोकेका कथालाई पनि समेट्ने प्रयास गरिएको छ । यसैगरी याक्थुङ लिपि शिक्षण बारे पनि कथामा समेटिएकाे छ ।

करिब १२ लाख रुपैयाँ लगानीमा बनेको नाटक चुलाचुली रंगमञ्चको नवौं नाटक हो । नाटकले पूर्वी नेपालमा भएको यथार्थपरक कथालाई बोकेको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...