ताप्लेजुङकाे याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गर्ने दुइ जना पक्राउ

 लिम्बुवान न्युज
                       

ललितपुर, १३ जेठ । ताप्लेजुङकाे फुङलिङस्थित ताेक्मे डाँडामा निर्मित च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् ।  याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका २२ वर्षीय र २० वर्षीय पुरुष रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त पार्क स्थलको भित्तामा बनाइएको प्रतिमामा अश्लिल हर्कत गरेको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको आरोपमा पक्राउ गरिएको छ ।

उनीहरूलाई फुङलिङ बजारबाट जेठ १२ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२१ तथा प्रचलित कानुन बमोजिम कसूरमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुमति सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...