कृष्ण फुरुम्बो (लिम्बू) लिम्बु पत्रकार संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, १३ जेठ । लिम्बु पत्रकार संघ ताप्लेजुङको चाैंथाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । ताप्लेजुङमा मंगलबार सम्पन्न अधिवेशनले  कृष्ण फुरुम्बो (लिम्बू)काे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उदय खुदाङ, सचिवमा साहारा लिम्बू, सहसचिवमा बसन्त लाबुङ र कोषाध्यक्षमा मनु (लिम्बू) माबो चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा क्रमशः अनमोल लिम्बू, नविना लिम्बू, सोस्ना लिम्बू र सीता माबो (लिम्बू) चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन हुनुभएको छ ।

अधिवेशन लिम्बू पत्रकार संघकाे केन्द्रीय कोषाध्यक्ष दिलकुमार लिम्बूको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । विशिष्ट अतिथिकोरुपमा केन्द्रीय सदस्य गंगा लिङ्खिम, केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द पन्दाक (लिम्बू)को उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...