लिम्बु पत्रकार संघ तेह्रथुमकाे अध्यक्षमा राजकुमार तेयुङ् (तरेबा)

 लिम्बुवान न्युज
                       

मेयङलुङ, १४ जेठ ।  लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति तेह्रथुमको अधिवेशन सम्पन्न भएकाे छ । बुधबार मेयङलुङमा भएकाे एक कार्यक्रमबाट राज कुमार तेयुङ तरेवाकाे अध्यक्षतामा नयाँ समिति बनेकाे हाे ।

रेडियो मेन्छ्यामयेमको सहभाहलमा सम्पन्न तेस्रो अधिवेशनले तेयुङको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिव रितुराज थेगुवा र कोषाध्यक्षमा सोनी लिम्बू चयन भएका छन् । त्यस्तै सदस्यहरूमा साम थाम्देन, सन्ध्या लिम्बू, कृतिका लिम्बू, पोषण लिम्बू र दिपेन लिम्बू चयन भएका छन्।

प्रदेश प्रतिनिधिहरूमा प्रकाश पाक्साँवा, कल्पना आङबुङ र यसोदा चेम्जोङ चयन भएका छन्।

कार्यक्रममा संघका संघीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख अतिथ्यता तथा नेपाल आदिवासी जनजाति जनजाति महासंघ तेह्रथुमका वलदेव तुम्बाहाङफे, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सह–सचिव सुविन्द्र थेगुवा, पत्रकार भिषण राई र नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङको विशेष आतिथ्यता रहेको थियो।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...