काेशी लाेकमार्ग अवरूद्धः सडक निर्माणकार्य शुरू

 लिम्बुवान न्युज
                       

ललितपुर, १७ जेठ ।  गएराती परेकाे वर्षाका कारण धनकुटाका दुई स्थानमा सडक अवरुद्ध भएकाे छ ।  वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

आज (शनिवार) बिहान फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एकसय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धनकुटाकाले जनाएकाे छ ।

घटना स्थलमा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।

त्यसैगरी, आज बिहान ४ः४५ बजेतिर नमस्ते झरनाको छेउमा रुख लड्नुका साथै माथिबाट खसेको पहिरोले पनि सोही लोकमार्गको अर्को खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

दुवै स्थानमा अवराेध सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको जिल्ला प्रहरीले जनाएको छ । काेशी लाेक मार्गमा कुद्ने दुवै तर्फ जाने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ।

खासगरी धनकुटाको उक्त सडक अवरुद्ध हुँदा यात्रुहरूलाइ अहसज भएकाे  छ ।

तस्वीरः सन्तरवीर लामा

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...