झापालीकाे कथासंग्रह ‘हिजाब’ माथि दमकका सहकर्मीहरुसँग संवाद
शनिबार, १८ जेठ, २०८२ रातीको ०८:३४ बजे,
लिम्बुवान न्युज
दमक, १७ जेठ । लामो समयदेखि पत्रकारिता पेशामा रहेका युवा गोपाल झापालीले हालै प्रकाशित गरेको कथासंग्रह ‘हिजाब’ का बारेमा सहकर्मीहरुसँग संवाद गरेका छन् । शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार झापालीले पहिले आफूलेनै पत्रकारिता कर्म गरेको क्षेत्र दमकका आफ्नै सहकर्मीहरुसँग यस्तो संवाद गरेका हुन् ।
झापाली हाल भने राजधानी काठमाडौंमा रहेर पत्रकारिता र साहित्यको क्षेत्रमा क्रियाशिल रहेका छन् ।
भूँडीपुराण प्रकाशनले निकालेको २१ वटा कथाको संग्रह ‘हिजाब’ मा झापालीले उनले अहिलेसम्मको जीवन र पत्रकारिता कर्म गर्दाको जीवन भोगाइका आधारमा विभिन्न समयमा लेखेर राखेका कथाहरुलाई संगृहित गरेको पाइन्छ ।
झापालीको कथासंग्रहका बारेमा साहित्यकार तथा पत्रकार विमल लामिछानेले भने– युवा पत्रकारले पहिलोपटक निकालेको यो उत्कृष्ट कथासंग्रह हो । यसमा समाजका विविध आयामहरुलाई समेटिएको छ । यो पठनीय र भाषाशैलीको हिसाबले उत्कृष्ट छ ।’
कवि तथा साहित्यकार धनकुटे कान्छाले यो झापालीको यो कथासंग्रह साजसज्जा, कागज, आकार, प्रस्तुति, डिजाइनले मात्र होइन, विषयवस्तुको संयोजनका आधारमा पनि दमकेली साहित्यकारहरुको जमातमा मात्र होइन, राष्ट्रिय स्तरमै चिनिने उत्कृष्ट २५ कथाकारहरुको कथासंग्रहमध्येको एक हो । यसका पात्र, परिवेश, घटना र चरित्रहरु यथार्थपरक र रोचक रहेका छन् । यसले पत्रकार झापालीलाई पत्रकारबाट अब साहित्यकारको चिनारी गराउन सफल भएको छ, धनकुटे कान्छाले भने ।
झापालीलाई साहित्यको क्षेत्रमा अब्बल कथासंग्रह लिएर पदार्पण गरेकोमा बधाई तथा शुभकामना समेत दिए, कार्यक्रममा सहभागी उनका सहकर्मी पत्रकारहरुले ।
दमकबाट पत्रकारिताको क्षेत्रमा रहेर कलम चलाउन शुरु गरेका झापालीले झण्डै अढाई दशक यहीँ कार्यथलो बनाएर विभिन्न पत्रपत्रिका, एफएम रेडियो तथा टेलिभिजनमा निष्ठापूर्वक काम गरेर विताए । उनी हाल राष्ट्रिय स्तरका अनलाइन मिडियाहरुमा कमल चलाउँछन् ।
पत्रकार तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनाले झापालीका कतिपय कथाहरु पाठकलाई के होला के होला भनेर कौतुहल जगाउँदै बिट मारिएको किसिमका पनि रहेको र त्यो पनि कथाकारको लेखकीय खुबीको कुरा भएको भनेर चर्चा परिचर्चा गरे ।
कार्यक्रममा अधिवक्ता तथा मानवअधिकारवादी लक्ष्मी निरौला, पत्रकार मञ्चका अध्यक्ष कमन देवान, पत्रकारहरु मनकुमार गदाल, विष्णु पोखरेल, पंकज दाहाल, सुदीप अधिकारी, गिरिराज भट्टराई लगायतले झापालीको कथासंग्रह ‘हिजाब’ माथि आ–आफूले देखेपाएका कुराहरु राखेका थिए ।
सहभागी सबैको टिप्पणी र भनाई सुनेपछि कथाकार झापालीले आफूले पहिलेदेखिनै लेखेर राखेका कथाहरुलाई एउटै मालामा उनेर अहिले कथासंग्रहकाे रुपमा प्रकाशन गर्न सफल भएको बताए । उनले तर यो कथासंग्रह अब आफ्नो व्यक्तिगत नभएर साहित्यनुरागी सबै पाठक तथा आम नेपालीहरुको साझा सम्पत्ति भएको धारणा राखे ।
‘हिजाब’ मा के छ भन्ने बारेमा भने टिकाराम सापकोटाले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन पत्रकार मञ्चका अध्यक्ष कमन देवानले गरेका थिए ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...