जसपाका १० जनासहित पुर्नगठित मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

 लिम्बुवान न्युज
                       

काठमाडौं। जसपाका १० जनालाई सहभागी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषमा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन् ।

पुराना चार मन्त्री मध्ये तीन जना बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहका छन् भने शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट महतोबाहेक ७ जना शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्यान, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यस्तै दुई राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिकको जिम्मेवारी पाएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले ठाकुर पक्षले सरकारमा जाने मौका दिएका छन् ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने आफैसँग राख्नेका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन तल हेर्नुहोस् :

प्रधानमन्त्री केपी शर्मा ओली: रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल: उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो: उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ: उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ: स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ: मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ: मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ: मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी: मन्त्री, ऊर्जा
अनिल झा: मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव: श्रम तथा रोजगार
उमाशंकर अरगरिया: मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यान
लक्ष्मणलाल कर्ण: मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी: मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ: मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी: राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ: राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...