फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

,   लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।

हालको मूल्यमा सबैमा दुई रुपैयाँका दरले वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए । अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम गरेको छ ।

पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र ७८ रूपैयाँ थियो । यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन ।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ । निषेधाज्ञाको समयको पन्ध्र दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ । र अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ ।

‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;