
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका दुई महिलाहरूमाथि भएको यौन दुर्व्यवहारको घोर भर्त्सना गरेको छ ।
गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र उपलब्ध गराइ संरक्षण समेत गर्दै आइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनामा संलग्न दोषीलाई वास्तविकता छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
‘फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख आदिवासी राउटे समुदायका महिलाहरुसँग एक होटलको बन्द कोठामा अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ पालिकाका अध्यक्ष खेमराज वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष खेमराजले घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन, चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...