धरानमा प्रहरी आक्रमण गर्ने पाँच आरोपी पक्राउ

 लिम्बुवान न्युज
                       

धरान । धरान १५ को नयाँ बसपार्क स्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण र तोडफोड गरि फरार भएका मुख्य ५ आरोपीहरु पक्राउ परेका छन् ।

पक्राउ परेका मुख्य ५ आरोपीलाई आज (मंगलबार) सार्वजनिक गरेको हो । उक्त प्रहरी आक्रमण घटनामा १० जना युवाहरु संलग्न भएको प्रहरीले जनाएका छन् । थप ५ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन् । आरोपी वसन्त र रेगनले सोमबार साँझ जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसर्मपण गरेका थिए । उनीहरु धरानबाट भागेर धनकुटामा लुकेर बसेको भन्ने सूचनाको आधारमा धनकुटाको बन्चरेमा सर्च अप्रेसन गरेपछि आत्मसर्पण गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरीको ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटा जिल्लाको प्रहरीसँग समन्वय गरेर सर्च अप्रेशन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

घटना घटेको ५औं जिन जेठ १८ गतेनै प्रहरीले अन्य ३ जना बिक्रम, सिजन र सरोजलाई धरान ५ देउरालीमा लुकिछिपी बसको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुका बिरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइसकेको छ ।

जेठ १३ गते साँझ अस्थायी प्रहरी चौकीमा दुईजना युवाहरु उजुरी दिन पुगेकाहरुसँग चौकी इञ्चार्ज सुमन दाहालले कुरा गरिरहँदा हतियारधारी युवाहरुको समूहले चौकीभित्र प्रवेश गरि जथाभावी आक्रमण गर्ने क्रममा इन्चार्ज दाहाल गम्भीर घाइते भएका थिए भने अन्य प्रहरी जवानहरु सामान्य घाइते भएका थिए । आक्रमणकारी युवाहरुले चौकीमा ढुंगामुढासँगै तोडफोड गरी फरार भएका थिए ।

(तस्वीरः राेहित राइबाट)

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...