कोरियाका समाजसेवी सेर्माद्वारा लाखौं रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

यासोक/पाँचथरको कुम्मायक २ माङजाबुङ घरभई दक्षिण कोरियामा रहनुभएका समाजसेवी गजेन्द्र सेर्माले आफ्नो वार्डमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री समाजसेवी सेर्माले प्रदान गरेका हुन् ।

वैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुग्नु भएका उहाँले व्यक्तिगत २ लाख १६ हजार मुल्यको स्वास्थ्य चौकी माङजाबुङलाई ४३ केजीको ६ वटा अक्सिजन सिलिण्डर त्यस्तै प्रत्येक घरघरमा बितरण गर्नको लागि ८ हजार ५ सय माक्स, ८ सय ५० थान सेनिटाइजर बितरण गर्नुभएको हो । उहाँका दाजु घनेन्द्रकुमार शेर्माले वडाअध्यक्ष बालकृष्ण शेर्मालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

यस वडामा ८ सय १५ घरधुरीका ४ हजार जनसंख्याको बसोवास छ । भौगोलिक रुपमा दुर्गम क्षेत्र भएकाले कोभिड संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन र नागरिकलाई माहामारीबाट सुरक्षित गर्न सहयोग गरिएको गजेन्द्रका दाजु घनेन्द्रकुमार शेर्माले बताउँनुभयो । माहामारीको समयमा बिदेशमा कोभिडले ठुलो क्षति पु¥याएको पीडा सम्झेर भाइले वडावासीलाई त्यस्तो पीडा नहोस् भन्दै सामाजिक दायित्व पूरा गर्न सहयोग गरेको शेर्माले बताए ।

वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री वडा सदस्यको रोहवरमा साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वायमसेविका मार्फत बितरण गरिने वडाध्यक्ष सेर्माले बताएका छन् । उनले भने– “सम्भव भएसम्म घर घरमा, भनए पनि टोल बिभाजन गरी सामाजिक सुरक्षा कायम गरी बितरण गर्ने गरी व्यवस्थान मिलाएका छौ ।”

नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ को समन्वयमा सेर्माले आफ्नो व्यक्तिगत लगानीमा वडावासीलाई स्वास्थ्य सामाग्री बितरण गरेका हुन् । यतिवेला उनको सहयोगको वडावासीले सर्वत्र प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...