
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर, २९ जेठ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आगामी तीन दिन देशभर सामान्य मौसम बदली भई बर्षाको सम्भावना रहेको छ । शनिबारको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । बर्षाको सम्भावना बडेसँगै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि भारी बर्षाको संभावना रहेको छ ।
यस्तै महाशाखाकाले आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुँदै धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको जनाएको छ । साँझमा देशभर सामान्य देखि पूर्ण बदली रहनुका साथै धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने र धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...