लिम्बुवानखबर, २९ जेठ । पाँचथरमा कोरोना भाइरस संक्रमितको संख्या १४३५ पुगेको छ । आज परीक्षण गरिएकामध्येबाट थप १६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या १४३५ पुगेको हो ।
आज ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ । शुक्रबार ४५ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।
यस्तै पाँचथरमा हालसम्म ६२० जना संक्रमित संक्रमणमुक्त भएका छन् । कोभिड अस्पताल र आइसोलेसनमा गरी अहिले १७ जना संक्रमित उपचाररत छन् ।
जिल्लामा उपचार हुन नसकी हालसम्म २२ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ । हालसम्म जिल्ला भित्रै सात जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । तर जिल्लामा संक्रमण पुष्टि भई थप एक दर्जन संक्रमितको उपचारका क्रममा जिल्ला बाहिर निधन भएको छ ।