चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

 लिम्बुवान न्युज
                       

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् ।

दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नाे निर्वाचन क्षेत्रमा गौरवको योजनाको रूपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता स्थानीय जनताहरूकाे स्वीकृत नगरिएकाे भन्दै सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे ।

दमक नगरपालिका वडा नम्बर ३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि. ले करिब ४ बिघा १८ कठ्ठा, ७ धुर जग्गा दमक नगरपालिकालाइ उपलब्ध गराएको थियो । स्थानीय विकास र पर्यटन प्रवर्द्धनकाे अपेक्षा गरेर सार्वजनिक प्रयोजनको लागि कम्पनीले दिइएको थियो ।

तर, अहिले कम्पनीले भ्यू टावर निर्माण गरिएको २ बिघा जग्गा सापटीस्वरुप फिर्ता र २५ कठ्ठा जग्गा बापतको मौद्रिक क्षतिपूर्ति माग गरेर पुनः स्वामित्व दाबी गरेपछि नयाँ विवाद सिर्जना भएको छ । जनप्रतिनिधि नभएको बेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई सो जग्गा दियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

सोही विषयलाई लिएर स्थानीय समेत रहेकाे पत्रकार मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।

उनले नगरपालिका र कम्पनीबिच सम्झौता नभेटिएको तर कम्पनीले मौद्रिक मूल्य फिर्ता माग गर्नुले गोप्य रुपमा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग भएको देखिएकोले छानबिनको आफूले माग गरेको जानकारी समेत दिए ।

भ्यू टावर निर्माणको विषयलाई पारदर्शी बनाउन आफूले लामो समयदेखि माग गर्दै आएको तर नगरपालिकाले कुनै कागजात देखाउन नसकेको मेयाङ्ग्वोले बताए । उनले कम्पनीले माग दाबी गरेअनुसारको जग्गा र मौद्रिक क्षतिपूर्ति दिन नहुने समेत बताए ।

भ्यू टावर नबन्नुअघि प्रति कठ्ठा अधिकतम ३ लाखसम्म पर्ने सो जग्गा कम्पनीले अहिले ५० लाखको हिसाबले क्षतिपूर्ति माग गरेको  छ ।प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा उक्त भ्यू टावर निर्माणमा भएको र सार्वजनिक सम्पत्ति अपारदर्शी रुपमा व्यक्तिले लाभ लिने खेल भएको दाबी मेयाङ्ग्वोले गरे ।

यता माँ पञ्चकन्या हाउजिङ प्रा.लि.का एक संचालकका अनुसार तत्कालिन नपाका मेयर, उपमेयर र वडा नं. ३ का वडाध्यक्षकाे राेहबरमा २ विघा जग्गा स्थानीयहरूले दान दिएपछि प्रा.लि.लाइ फिर्ता गर्ने कागजी सम्झाैंता भएकाे तर हालसम्म नपाले साे कार्य नगरेकाे बताए । उनले १९ कठ्ठा जग्गा फिर्ता आइसकेकाे बाँकी २१ कठ्ठा जग्गा मात्र पाउन बाँकी रहेकाे बताउँदै हामीले भ्यू टावरलाइ दिइ सकेकाे जग्गा फिर्ता मागेकाे हाेइन नगरपालिकाले गरेकाे सहमति कार्यन्वयन गर्न मात्र भनेकाे जिकीर गरे ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि लेनपुलिङ गरेर बाटाे बनेपछि स्थानीय ५० भन्दा धेरै जग्गा दाताहरूले सम्झाैता गरे अनुसार जग्गा दिन चाहेर पनि नगरपालिकाले लेनपुलिङ नगरेकाे हुँदा याे समस्या आएकाे हाे । प्रा.लि.का संचालकले दमक भ्यू टावरकाे जग्गा संघीय सरकारमा गएकाे बताए ।

संघीय सरकारकाे १ अर्ब ७० कराेड भन्दा बढी लागतमा निर्मित टावर अहिलेसम्म संचालनमा आएकाे छैन् । सुनसान जस्तै देखिने उक्त स्थानमा दिनमा केही संख्यामा मात्र आउने गरेकाे पाइन्छ । बनेकाे संरचनामा समेत घाँस उम्रिएर कुरूप भएकाे देखिन्छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...