खेल मैदानमा अचेत भएका डेनमार्कका एरिक्सनलाई हृदयघात

 लिम्बुवान न्युज
                       

एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढल्नुको कारण हृदयघात भएको पुष्टि भएको छ । डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरेका हुन् ।

’उनी मृत्युको मुखबाट फिर्ता भएको बताउँदै डाक्टर बोएसेनले भने हामीले कार्डियक रिससिटेसन (सीपीआर) गरेका थियौं । यो हृदयघात थियो, गुमाउन हामी कति नजिक थियौं । मलाई थाहा छैन । तर, हामीले उनलाई एक डिफिब्रिलेसनपछि फिर्ता ल्यायौं ।’

शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा बल नियन्त्र गर्नेक्रममा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए । उनलाई मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १–० ले पराजित भएको थियो ।

डाक्टर मोर्टेनले उनको स्वास्थ्य अहिले ठिक रहेको समेत बताए । ’अहिलेसम्म गरिएको परिक्षणमा उनी राम्रो देखिन्छ । यो किन भयो भनेर हामीसँग स्पष्टीकरण छैन,’ उनले भने ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...