सरुवा भएका असई झालाई सोही स्थानमा पुर्नवहाली

 लिम्बुवान न्युज
                       

काठमाडाैं। मधेशी भन्दै हेपिएका प्रहरी सहायक निरीक्षक असई मणिकान्त झालाई मधेशी आयोगको विशेष दवावपछि पुनः सोही स्थानमा सरुवा गरिएको छ । आफूलाई अभियन्ता भन्दै प्रहरीलाई थर्काएका जवाला संग्रौलाका टिमलाई कारवाहीको लागि नेपाल प्रहरीलाई पत्राचार गरेका मधेशी आयोगका अध्यक्ष डा. विजय कुरा दत्तले झाको सरुवा पुनः सोही ठाउँमा गर्न दबाब दिएका थिए ।

सम्प्रादायिकता हिसाबले प्रहरी झासँग गरिएको व्यवहारलाई कानुनी अपराध बताउँदै आयोगका अध्यक्ष दत्तले प्रहरी महानिरीक्षकलाई फोन सम्पर्क मार्फत दुरव्यवहार गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन समेत निर्देशन दिएका थिए ।

असई झालाई केही सामाजिक अभियन्ताहरुले१ महिना अगाडि मधेशी हो । मधेश तिर जा भनेर हेपेको सम्बन्धमा भाइरल भएको भिडियो आयोगमा उजुरी आउन बित्तिकै माननीय अध्यक्षज्यूको निर्देशनानुसार दर्ता गरि सम्बन्धि निकायमा आवश्यक कारवाहीको लागि आयोगले पठाएको थियो ।

अध्यक्ष दत्तको फोन पश्चात प्रहरी सहायक निरीक्षक असई झालाई महाराजगंजबाट बग्गीखानामा गरिएको काज सरुवालाई फिर्ता गरि फेरि हिजो नै पुनः महानगरीय ट्राफिक, महाराजगञ्ज पठाइसकेको बताएका छन् ।

दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले सिफारिस गरिसकेको र प्रक्रिया पनि अगाडि बढिसकेको अध्यक्ष दत्तले बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष दत्तले बारम्बार यस्ता प्रकारको घटना भएको र विभिन्न निकायबाटै ढाकछोप भएपनि अब त्यस्तो नहुने प्रतिबद्धता जाहेर गरे ।

कुनै समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानूनतः अपराध हो र यस्ता घटनाहरु प्रति माननीय अध्यक्षज्यू र अयोग सचेत रहेको समेत सबैमा विनम्र जानकारी गराउँछु ।

यस्ता घटनाहरु घटेमा आयोगको हेल्पलाइन ११५२, टोल फ्री १६६००११६१८५, फोन ०१–५२६११८५ मा सम्पर्क गरि उजुरी टिपाउन समेत आग्रह गरिएको छ ।

आफूलाई अभियन्ता भन्ने संग्रौलाको टिमले असई झालाई मधेशी भन्दै मधेशमै जा भनेर हेप्दै रंगभेदी व्यवहार गरेपछि अभियन्ताको चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...