बेलायत बस्ने चेलीद्वारा लखनपुरका २५ परिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

दमक/ कमल गाउँपालिका ५ साविक लखनपुर मंगलबारेमा जन्मिएर हालेर बेलायत (युके) बस्दै आएकी एक चेली आफनो नाम तथा पहिचान गोप्य राखेर स्थानीय क्लब मार्फत सो ठाउँका विपन्नहरुलाई खाद्यान्न राहत प्रदान गरेकी छिन् । मंगलबारे वजारस्थित सगुन युवा क्लवमार्फत निषेधाज्ञाका कारण दैनिक गुजारा गर्न समस्या भएका २५ परिवारलाई उनले खाद्यान्न राहत प्रदान गरेकी हुन् ।

क्लवले असहाय, एकल तथा अति विपन्न परिवारलाई छनौट गरि दैनिक उपभोग्य चामल, तेल, नुन, सोयाविन लगायतका खाद्यान्न राहत सामाग्री प्रदान गरेको सचिव रोशन दाहालले बताए ।

करिब ३२ हजार ३४० रुपैयाँ प्राप्त रकम बरावरको राहत सामाग्री वितरण गरिएको क्लवले जनाएको छ । उनका अनुसार राहत प्राप्त गर्नेहरुमा लिला ताजपुरिया, देव ताजपुरिया, फुदो ताजपुरिया, चित्रा दर्जी, ईन्दिरा दर्जी, नैनाकला दर्जी, रामवति राजबंशी, तालामुई मूर्मु, लला कुमारी नेपाली, बुडो चौधरी, मंगली योङ्याङ्, गाठिलालनी ताजपुरिया, बाङ्गरू राजबंशी, राजु राजबंशी, वीर बहादुर तामाङ, मिना भुजेल, धारू राजबंशी, बिनोद राजबंशी, दुर्गा पौडेल ,प्रमिला ताजपुरिया , रिता मुर्मु लगायतको घर घर पुगेर त्यस्तो राहत वितरण गरिएको छ ।

राहत वितरणमा क्लबका अध्यक्ष देवी आङदेम्बे लगायतका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...