एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले खेल्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमको सहभागिता हुने भएको छ । जुन १५ तारिखसम्म टिम इन्ट्री गर्ने समय रहेकोमा ५ देशले खेलमा सहभागी नहुने भएका छन् ।

कोरोना महामारीका कारण देखाएर न्यूजिल्याण्ड, चीन, इन्डोनेशिया, श्रीलंका र भेयतनामले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । यो प्रतियोगिता चीनमा आयोजना गर्ने भनिए पनि चीनले आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा सारिएको हो ।

नेपालले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । यो जोनबाट नेपालसहित इरान, काजकिस्तान र भारत पनि एसियन च्याम्पियनसिप खेल्ने छन् ।

अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला भलिबल टिमले तयारी भने शुरु गरिसकेको छ । त्यसका लागि नेपाल भलिबल संघले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विहान र बेलुकी दुई सिफ्टमा प्रशिक्षण दिईरहेको जनाएको छ ।

प्रतियोगितामा सहभागी १२ टिममा नेपाल सहित फिलिपिन्स, जापान, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, थाइल्याण्ड, अस्ट्रेलिया, भारत, हङकङ र थाइल्याण्ड रहेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...