बागमती प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा महासंघद्वारा आपत्ति

 लिम्बुवान न्युज
                       

काठमाडौं, ७ असार । नेपाल पत्रकार महासंघले बागमती प्रदेश सरकारले आफ्नै स्वामित्वमा सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।

सरकारको जुनै तहले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि स्वायत्त र स्वतन्त्र बनाउनु पर्नेमा प्रदेश सरकार आफैले सञ्चारमाध्यम संचालन गर्ने तयारी प्रति महासंघले ध्यानाकषर्ण गरेको हो ।

प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेकोमा तत्काल सो निर्णय फिर्ता गर्न महासंघले माग गरेको छ । सरकार आफैले सञ्चारमाध्यम संचालन गर्दा नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवं स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघको ठहर छ ।

लोकतन्त्रको मूल्य मान्यताको उपहास हुनेगरी बागमती प्रदेश सरकारले गरेको यो निणर्यले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने उद्देश्य रहेको प्रष्ट छ । सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएकोमा महासंघ यसको कडा शब्दमा भर्त्सना गर्दै आपत्ति प्रकट गर्दछ ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध रहेको यो निणर्य तत्काल फिर्ता लिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दै महासंघका महासचिव रोसन पुरीले सोमबार विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्ति मार्फत निर्णय फिर्ता नलिए बागमती प्रदेश सरकार विरुद्ध कडा रुपमा जान बाध्य हुने जनाएका छन् ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...