झापामा निषेधाज्ञा १४ गतेसम्म लम्बियाे, १२ बजेसम्म पसलहरू खुल्ला रहने

 लिम्बुवान न्युज
                       

दमक/ झापामा फेरी निषेधाज्ञा थप भएको छ । केहि खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो । डीसीसीएमसीको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणदर अझै पनि अपेक्षाकृत रुपमा कमी आउन नसकेकाले निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको बताईन्छ ।

जिल्लाको संक्रमण अवस्थालाई हेरेर बैठकले निर्णय लिएको र यसको पालना गर्न झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । झापामा निषेधाज्ञा पालना गर्ने गराउने कार्य कमजोर रहेको बताईँन्छ ।

पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा

औषधी र स्वास्थ्य सामाग्री, ईन्धन (पेट्रोल र डिजल स्टेसन, एलपी ग्याँस ) बाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी पसल विहान ६ बजे देखी मध्यान्न १२ बजे सम्म सञ्चालन गर्न पाईने । माथि उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नेरगराउने, सो को प्रभावकारी अनुगमन सम्बन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी ईकाईहरुले गर्ने  बताएका छन् ।

होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...