मोरङमा लागूऔषध सहित ५ जना पक्राउ

 लिम्बुवान न्युज
                       

मोरङ, ८ असार। सुनवर्सी ८ विश्वकर्मा चौकमा लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

सोमबार साँझ प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको तीन जना सवार रहेको प्र.न.१–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

यसैगरी सोही वडाको विश्वकर्मा चौकमा सोमबार साँझ सँवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् ।

दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवार उनिहरुको साथबाट डाइजालेव १० पिस, फेनारगन १० पिस, आइपेल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाईकल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...