फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल प्रति लिटर १२७ रुपैयाँ

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोलको खुद्रा बिक्रीमूल्य काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा १२७ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको विज्ञप्ति मार्फत जनाएको छ ।

यसैगरी निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । आन्तरिकतर्फ २ रुपैयाँ बढेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलरले वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै आन्तरिकतर्फ हवाई इन्धनको खुद्रा बिक्री मूल्य ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको बिक्री मूल्य ७३५ अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ ।

यसअघि निगमले २२ जेठमा पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । निगमका प्रवक्ता इ. विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको हो ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...