द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट

 लिम्बुवान न्युज
                       

दमक/दमकमा १० बर्ष अघि युवा व्यवसायीहरुद्धारा स्थापना भई सञ्चालनमा ल्याइएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) देखि आफनै स्वामित्वको भवनबाट कारोबार शुरु गरेको छ । यस अघि थाना रोडमा भाडाको घरमा सञ्चालन हुँदै आएको सो संस्था आफैंले खरिद गरेको दमक ५ स्थित बेलडाँगी रोडमा रहेको पाँच तले भवनमा सरेको हो ।

नयाँ भवनको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र संस्थाका अध्यक्ष दिपक खरेलले संयुक्त रुपमा उदघाटन गरेका छन् । पाँच तले सो भवनमा संस्थाको नियमित कारोबारका अतिरिक्त एभरेष्ट कम्प्लेक्स समेत सञ्चालन हुने संस्थाका सचिव ज्ञाननाथ पौडेलले जानकारी दिए । कोरोना संक्रमणका कारण मुलुकको वित्तिय क्षेत्र सुस्त रहेको अवस्थामा सो सहकारीले आफनै भवनबाट कारोबार शुरु गर्नु सुखद भएको प्रमुख अतिथी समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष खरेलले संस्थाको आफनै स्वामित्वको भवन दुई बर्ष अघिदेखि नै सञ्चालनमा ल्याउने तयारी रहेको भएपनि विभिन्न प्राविधिक र कोरोना संक्रमणका कारण निर्माण कार्य पूरा हुन नसक्दा ढिलो गरी भवन सञ्चालनमा ल्याइएको बताए ।

नयाँ भवन उद्घाटन आयोजित संक्षिप्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन गौतम, कोषाध्यक्ष यामजी श्रेष्ठ ,लेखा संयोजक राजकुमार न्यौपाने, पूर्व अध्यक्ष कृष्णप्रसाद तिम्सीना , सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

झापा जिल्ला भरि कार्य क्षेत्र रहेको सो सहकारीको मुख्य कार्यालयसहित केर्खा,सुरुङा,बिर्तामोड र बुधबारेमा सेवा केन्द्र सञ्चालनमा रहेको छ । संस्थाको शेयर पूंजी हाल ६ करोड ७६ लाख २१ हजार, निक्षेप ५७ करोड २२ लाख ५० हजार ९९५ र ऋण लगानी ६० करोड २ लाख ४८ हजार २३० रहेको व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिए । त्यस्तै सहकारीको जिल्ला सहकारी संघ,राष्ट्रिय सहकारी बैक,बचत तथा ऋण सहकारी संघ र नेफस्कुनमा गरि कुल २० लाख ३६ हजार लगानी समेत उनले बताए । (तस्वीर विष्णु पाैडेल)

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...