द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट

 लिम्बुवान न्युज
                       

दमक/दमकमा १० बर्ष अघि युवा व्यवसायीहरुद्धारा स्थापना भई सञ्चालनमा ल्याइएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) देखि आफनै स्वामित्वको भवनबाट कारोबार शुरु गरेको छ । यस अघि थाना रोडमा भाडाको घरमा सञ्चालन हुँदै आएको सो संस्था आफैंले खरिद गरेको दमक ५ स्थित बेलडाँगी रोडमा रहेको पाँच तले भवनमा सरेको हो ।

नयाँ भवनको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र संस्थाका अध्यक्ष दिपक खरेलले संयुक्त रुपमा उदघाटन गरेका छन् । पाँच तले सो भवनमा संस्थाको नियमित कारोबारका अतिरिक्त एभरेष्ट कम्प्लेक्स समेत सञ्चालन हुने संस्थाका सचिव ज्ञाननाथ पौडेलले जानकारी दिए । कोरोना संक्रमणका कारण मुलुकको वित्तिय क्षेत्र सुस्त रहेको अवस्थामा सो सहकारीले आफनै भवनबाट कारोबार शुरु गर्नु सुखद भएको प्रमुख अतिथी समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष खरेलले संस्थाको आफनै स्वामित्वको भवन दुई बर्ष अघिदेखि नै सञ्चालनमा ल्याउने तयारी रहेको भएपनि विभिन्न प्राविधिक र कोरोना संक्रमणका कारण निर्माण कार्य पूरा हुन नसक्दा ढिलो गरी भवन सञ्चालनमा ल्याइएको बताए ।

नयाँ भवन उद्घाटन आयोजित संक्षिप्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन गौतम, कोषाध्यक्ष यामजी श्रेष्ठ ,लेखा संयोजक राजकुमार न्यौपाने, पूर्व अध्यक्ष कृष्णप्रसाद तिम्सीना , सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

झापा जिल्ला भरि कार्य क्षेत्र रहेको सो सहकारीको मुख्य कार्यालयसहित केर्खा,सुरुङा,बिर्तामोड र बुधबारेमा सेवा केन्द्र सञ्चालनमा रहेको छ । संस्थाको शेयर पूंजी हाल ६ करोड ७६ लाख २१ हजार, निक्षेप ५७ करोड २२ लाख ५० हजार ९९५ र ऋण लगानी ६० करोड २ लाख ४८ हजार २३० रहेको व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिए । त्यस्तै सहकारीको जिल्ला सहकारी संघ,राष्ट्रिय सहकारी बैक,बचत तथा ऋण सहकारी संघ र नेफस्कुनमा गरि कुल २० लाख ३६ हजार लगानी समेत उनले बताए । (तस्वीर विष्णु पाैडेल)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...