साहित्यकार वैरागी काईलाको स्वास्थ्य अवस्था सुधारोन्मुख

 लिम्बुवान न्युज
                       

काठमाडौं, ११ असार। मस्तिष्कघात भएर अस्पताल भर्ना भएका साहित्यकार पूर्व कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार कवि काइँलाको प्रारम्भिक रिपोर्टमा प्रेसर बढेर समस्या भएको देखाएको बताएका छन् ।

साहित्यकार काइँलाको होश आइसकेको हुँदा के कारण समस्या भएको हो त्यो बारे पत्ता लगाउन आइसियुमा राखेर उपचार गरिहेको अस्पतालले जनाएको छ । उपचारमा डा. विश्वनाथ कोइराला, न्यूरो डा. कृष्ण ढुंगाना लगायतको टोली खटिएको अस्पताप प्रशासनले जनाएको छ ।

बिहीबार राति ११ बजे घरमै बसिरहेको बेला चक्कर लागेर लड्न पुगेका काइँलालाई ओम अस्पताल ल्याइएको थियो । ८२ वर्षीय काइँलालाई पहिला देखि नै प्रेसर र नाकको रक्तश्राव समस्या रहेको छोरी नामओति नेम्बाङले बताएकी छिन् ।

थोरै कविता लेखर स्थापित नाम बनाएका काइँलाका बृहत लिम्बु नेपाली अंग्रेजी शब्दकोशका साथै लिम्बू संस्कृतिसम्बन्धी एक दर्जन अनुसन्धानमुलक पुस्तक प्रकाशित छन् । लोकतन्त्र घोषणापछि गठित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनले पहिलो कुलपतिको जिम्मेवारीमा पाएका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...