विराटनगर । प्रदेश नं. १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार झापाका दुईसहित चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवस २०७८ को अवसरमा झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
दमकका गञ्जबहादुर दाहाल दमकमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएकाछन् । उनि यहाँका सबैभन्दा पुराना पत्रकार पनि हुन् । दाहाल अहिले पनि दमकबाट प्रकाशित पुर्व सन्देश दैनिक र जनज्योती साप्ताहिकका सम्पादक हुन् । पत्रकारितामा उनलाई दमकको पिता नै हुन् । ६० को दशकमा पनि युवा पत्रकारहरुभन्दा क्रियासिल दाहालको जति वर्णन गरेपनि त्यसको कुनै मोल छैन् । दमकमा उनकाे सक्रियताले युवा पत्रकारहरूलाइ थप हाैसला मिलेकाे अनुभूति हुन्छ ।

पुरस्कृत पत्रकारहरू बाँयाबाट क्रमशः ललिता भट्टराइ, गाेविन्द क्षेत्री, गञ्ज बहादुर दाहाल, काैशल चेम्जाेङ्
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चारै जना अग्रज पत्रकारलाई जनही एक लाखको पुरस्कार प्रदान गरेका हुन् ।
प्रदेश सरकारले २०७४/०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । तर, गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको हो ।