एनआरएनए जेजु क्षेत्रिय अध्यक्षमा हाङस्रोङ

 लिम्बुवान न्युज
                       

दक्षिण कोरिया। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जेजु दो दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रीय अधिवेशनले सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति सर्वसहमति चयन भएको छ ।

नेपालको विकास र प्रवर्द्धनमा टेवा पुरयाउन, विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले अघि बढ्नका लागि सन् २०१९ मा क्षेत्रिय कमिटी गठन भएको थियो ।

कार्यक्रमको सभाध्यक्ष कोमल प्रसाद प्याकुरेलले गरेका थिए भने प्रमुख अथिती एनआरएनए केन्द्रीय महिला संयोजक सुभद्रा पालुङवा लिम्बू रहेका थिए । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जेजु शाखा प्रतिनिधि बिकास खेवा लिम्बू, जेजु कमिटी प्रतिनिधि अनिता रुम्बा, उपाध्यक्षहरु प्रकास पोखरेल र अर्जुन तुम्बापोले शुभकामना मन्तव्य राखेका थिए । त्यसै गरी केन्द्रीय अध्यक्ष यज्ञराज सुवेदी र महासचिव बिमल सुवेदीले भर्चुअलको माध्यमबाट अधिवेशनको शुभकामना ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रमले अध्यक्ष हाङस्रोङसँगै उपाध्यक्ष बसन्ती लावती, सुनिता ब्लोन तामाङ, सुमन हेम्ब्या त्यसैगरी सचिवमा कृष्ण प्र न्योपाने, सह–सचिव घनश्याम अधिकारी, कोषाध्यक्ष गोकुल शर्मा, त्यसैगरी सदस्यहरुमा विनुका नाल्बो लिम्बू, खगेन्द्र मोक्तान, सुरेन्द्र ठकुरी, सुदर्शन तुम्ब्रोक लिम्बू, सुरक्षा शर्मा, गंगा राजवंशी, हेमराज भट्ट र रुपक गुरुङ रहेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...