काठमाडौं, १५असार । उपत्यकाका तीनवटा जिल्लामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महिनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।
तिन जिल्लाका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।
बस संचालन गर्दा आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै संचालन गर्ने र उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् ।
कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । यो सँगै देशका सबै जिल्लाहरुमा सार्वजनिक यातायात संचालन हुन सकेको थिएन ।
उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर–बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेको छ ।