दमकका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी

 लिम्बुवान न्युज
                       

दमक/जेठ १९/ दमक नगरपालीकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभुत स्वास्थ्य परिक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी शुरू गरिएकाे हो ।

ल्याब सेवा सञ्चालनका लागी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले आज सबै स्वास्थ्य केन्द्रको अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राबिधिक जनशक्तिको आवस्यकता रहेको र कतिपयमा जनशक्ति सहित उपकरण पनि आवस्यक रहेको पाईएको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा उपप्रमुख  भट्टराईले एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने गरि तयारी थाल्न निर्देशन दिएकी छिन् ।
स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भए पछि सुगर, जण्डीस, युरिन, स्टुल लगायतका परिक्षण गर्नसकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले बताए । यसबाट प्राथमिक परिक्षण गरी थप परिक्षण गर्नु परेमा दमक अस्पताल रेफर गरिने उनले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...