लिम्बुवान मञ्चले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई गरयो सम्मान

 लिम्बुवान न्युज
                       

दमक, २३ जेठ । संघीय लिम्बुवान प्रान्तीय मञ्चले शुक्रबार दममा एक कार्यक्रम गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेताहरुलाई सम्मान गरेको छ । दमक ५ स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई मञ्चले सम्मान गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नौ जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारहरु सहभागी भएका थिए । समीक्षा कार्यक्रम समेत आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पार्टीलाई संस्थागत गर्नलाई दिलो ज्यान दिएर चुनावमा सहभागी हुनुभएका सबै नेताहरुलाई आभार प्रकट गरेका छन् । उनले सम्मानित नेताहरुलाई पार्टीको तर्फबाट प्रमाणपत्र समेत वितरण गरेका थिए ।

मञ्चबाट ५५९ जनाले उम्मेदवारी दिएकाे थियाे साेमध्येबाट २ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य सहित १८ जना निर्वाचित भएका छन् ।

सम्मान तथा समीक्षा कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष तथा १ नं. प्रदेशका माननीय सामाजिक राज्य मन्त्री बिष्णु तुम्बाहाम्फे, एबी पंधाक, विष्णु यक्सो, महासचिव अशोक चेम्जोङ लगायत लिम्बुवान प्रान्तका पदाधिकारी साथै अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रदेश १ समन्य समिति संयोजक तथा निर्वाचन परिचालन समिति ज्ञानबहादुर गुरुङको अध्यक्षता, प्रान्तीय उपाध्यक्ष तथा परिचालन समितिका सदस्य थाङसाङ लावतीको स्वागत मन्तव्य रहेको थियो भने संचालन प्रान्तीय महासचिव दिलकुमार लावतीको गरेका थिए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...