दमकको प्रशासकिय अधिकृतमा शशि राई

 लिम्बुवान न्युज
                       


दमक, २३ जेठ । दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि यहाँँ कार्यरत प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृतका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राई आएका हुन ।

दमकमा खोटाङका स्थायीबासिन्दा राई यस अघि करिब डेढ बर्षसम्म मोरङको मिक्लाजुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा काम गरेका प्रशासक हुन । राई १८ जेठदेखि दमक आएका हुन । उनी आए लगत्तैदेखि दमक नगरपालिकाको प्रशासनिक सेवा चुस्त दुरुस्त र पारदर्शी बनाउनमा केन्द्रीत छन । नगरपालिकाको नीति कार्यक्रम बनाउने, दमकलाई कस्तो बनाउने भन्ने यहाँका जनप्रतिनिधिहरुको भुमिकामा भर पर्ने बिषय हो ।

पालिकाले गरेका निर्णय, सरकारले अवलम्बन गरेका नीति कार्यक्रमहरुको कार्यान्वयन पारदर्शी र जवाफदेही ढंगबाट सम्पादन गर्ने हाम्रो जिम्मेवारी हो – अधिकृत राईले पत्रकारहरुसंगको अनौपचारिक संक्षिप्त कुराकानीमा भनेका छन । उनी २०६६ सालमा निजामती सेवामा प्रवेश गरेका युवा व्यक्तित्व हुन ।

दमक नगरपालिका कार्यालयमा यस अघिका प्रशासक तथा कतिपय कर्मचारीहरु विेशेष गरी योजनाहरुको कार्यान्वयनमा पारदर्शी हुन नसकेका, खरिद प्रकृयामा कमिसनको गन्ध आएको चर्चा हुने गरेको छ । नगरपालिका कार्यालयमा नयाँ तथा युवा पुस्ताका प्रशासकले जिम्मेवारी सम्हालेसंगै सुधारको अपेक्षा नगरबासीहरुले लिएका छन ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...