स्व. अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान गठन

 लिम्बुवान न्युज
                       


धरमपुर, २४ जेठ । झापा शिवसताक्षी १ धरमपुर निवासी स्व.अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ ।
उनकै निजी निवासमा हालै सम्पन्न परिवार तथा स्थानीय सामाजिक अगुवाहरुको भेलाले हेमबहादुर चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय अटल बहादुर चेम्जोङ स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।
गठित तदर्थ समिति समितिको उपाध्यक्ष महेन्द्र कुमार चेम्जोङ, सचिवमा सेसेहाङ फियाक, सहसचिवमा सइन्द्र चेम्जोङ, कोषाध्यक्षमा रविन्द्र चेम्जोङ र सदस्यमा मनकुमारी सुब्बा, स्वस्तिका चेम्जोङ, दिलु नेम्बाङ, नर्मला चेम्जोङ, शुसिला चेम्जोङ र सरस्वती चेम्जोङ रहेका छन् ।
भेलाले प्रतिष्ठानको तर्दथ समिति गठन गर्नुका साथै दर्ता प्रकृया सम्पन्न गरि प्रतिष्ठानलाई औपचारिक रुपमा सार्वजनिक गरिने प्रतिष्ठानका सहसचिव समेत रहेका स्व.चेम्जोङका साइँला छोरा सइन्द्र चेम्जोङले बताए ।
पान्थर जिल्लाको तत्कालिन चिलिङ्देन गाउँ पञ्चायतका पूर्व उप–प्रधानपञ्च स्व चेम्जोङको गत जेठ १ गते धरानमा उपचारका क्रममा निधन भएको हो । समाजसेवी स्व. चेम्जोङको एक श्रीमती, ५ छोरा र ४ छोरी छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...