दमक नगरपालिकामा नेकपा माओवादीको १९ बुँदे माग

 लिम्बुवान न्युज
                       


दमक, २६ जेठ । नेकपा माओवादीले दमक नगरपालिकामा १९ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । दमकमा १ अर्व ५६ करोड बजेटमा निर्माणधीन भ्यू टावरलाई मेडिकल कलेज सहित प्रादेशिक अस्पताल बनाई संचालन गरिनु पर्ने समेत माग पत्रमा उल्लेख गरिएको छ ।
आज दमक नगरपालिकाका नवनिर्वाचित प्रमुख राम थापालाई माओवादी दमक नगर कमिटिले ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो । मागपत्रमा झापाको दमकमा मात्र उठाइदै आएको सवारी पटके कर समेत हटाउने पर्ने उल्लेख गरेको छ । सो बुँदामा जिल्ला भर कँही नभएको सवारी कर हटाउँने भनि गठबन्धनको चुनाव अघिको घोषणा तत्काल कार्यान्वयनमा ल्याउन भनिएको छ ।

यस्तै ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्बासीको समस्या तत्काल समाधन गर्नु पर्ने, निःशुल्क खानेपानी वितरण र सरसफाई कर हटाउनु पर्ने, दमक ९ मा निर्माण भईरहेको सामुदायिक भवनलाई निर्माण पूर्व भएको सम्झौता अनुसार फाल्गुनन्द सामुदायिक भवन नामकरण गरिनु पर्ने लगायतका माग गरिएको माओवादीका नेता तिर्थराज बस्नेत शंकरले बताए ।
ज्ञापनपत्र बुझ्दै नवनिर्वाचित नगर प्रमुख थापाले आफूहरुले निर्वाचन अघि गरेका घोषणा र विपन्न नागरिकको हितमा हुने कार्य गर्न विनियिम र ऐनमा टेकेर हुनेसम्मको कार्य गर्ने जनाएका छन् । स्थानीय तह सरकारको अधिनमा रहेर सकेसम्म काम गर्नेमा जोड दिने बताए ।
दमक नगरपालिकामा प्रमुख, उपप्रमुख र ३ वटा वडाको अध्यक्षमा गठबन्धनको तर्फबाट राप्रपा र काँग्रेसले विजय प्राप्त गरेको छ भने बाँकी ७ वटा वडाको अध्यक्ष सहितको प्यानलमा एमालले विजय प्राप्त गरेको छ । दमक नगरमा प्रतिपक्षी दल एमालेको बहुमत रहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...