पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार सहयाेग प्रदान

 लिम्बुवान न्युज
                       

झापा, २९ जेठ । झापा कन्काई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पत्तिले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका हुन् ।

अक्षयकोषका संरक्षकसमेत रहेका चिरञ्जीवी उप्रेतीले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि कोषमा योगदान गर्न सहयोग गरेको बताए ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा उप्रेती परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

चिरञ्जीवी र ईश्वरादेवी अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै सहभागीले प्रशंसा गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–६का वडाअध्यक्ष दीर्घ थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गरेका थिए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...