दमकमा राेजगार मेला हुने

 लिम्बुवान न्युज
                       

दमक, ३१ जेठ/ दमकमा यहि असार ९ गते रोजगार मेलाको आयोजना हुने भएको छ । रोजगारको अवसर सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले एक दिने मेला सञ्चालन गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।

दमक नगरपालिकाको सहयोग तथा संघ अन्तर्गतको मेला,महोत्सव उपसमितिको अगुवाईमा हुने रोजगार मेलामा रोजगार दाता तथा विभिन्न उद्योग ,प्रतिष्ठानका उद्यमीहरुको सहभागिता रहने रोजगार मेला मूल आयोजक समितिका संयोजक भरत चम्लागाईले बताएका छन् ।

उनका अनुसार रोजगार मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुने छ । मेलामा विभिन्न रोजगारदाताहरुको व्यवसायिक स्टलहरु रहने छन् भने समापनका क्रममा रोजगारीको सन्दर्भमा अन्तरकृया समेत गरिने उनले बताए ।

दमकमा यस किसिमको रोजगार सम्बन्धी मेला पहिलोपटक आयोजना हुदैं छ । यसैवीच, रोजगार मेला सफलतापूर्वक सम्पन्न गर्न सघाउँ पुरयाउँन संघले एक दर्जन विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताएका छन् । जसअन्तर्गत मेला , महोत्सव उपसमितिका संयोजक चम्लागाईको संयोजक र प्रकाश अधिकारी सदस्य सचिव रहेको पाँच सदस्यीय सचिवालय उपसमिति गठन गरिएको छ ।

बैठकले मिन मगरको संयोजकत्वमा साउण्डसेट तथा स्टेज व्यवस्थापन उपसमिति, रमा लिम्बूको संयोजकत्वमा उद्घाटन तथा समापन समारोह व्यवस्थापन, गोपाल गुरागाईको संयोजकत्वमा अतिथि सत्कार, मोहन ढकालको संयोजकत्वमा खाजा व्यवस्थापन, प्रकाश अधिकारीको संयोजकत्वमा अन्तरक्रिया ,जीवन चुडाँलको संयोजकत्वमा सञ्चार व्यस्थापन र नगरपालिकाका नगर प्रमुखको संरक्षकत्वमा अनुगमन तथा निर्देशन उपसमिति समेत गठन गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...