दमकमा राेजगार मेला हुने

 लिम्बुवान न्युज
                       

दमक, ३१ जेठ/ दमकमा यहि असार ९ गते रोजगार मेलाको आयोजना हुने भएको छ । रोजगारको अवसर सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले एक दिने मेला सञ्चालन गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।

दमक नगरपालिकाको सहयोग तथा संघ अन्तर्गतको मेला,महोत्सव उपसमितिको अगुवाईमा हुने रोजगार मेलामा रोजगार दाता तथा विभिन्न उद्योग ,प्रतिष्ठानका उद्यमीहरुको सहभागिता रहने रोजगार मेला मूल आयोजक समितिका संयोजक भरत चम्लागाईले बताएका छन् ।

उनका अनुसार रोजगार मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुने छ । मेलामा विभिन्न रोजगारदाताहरुको व्यवसायिक स्टलहरु रहने छन् भने समापनका क्रममा रोजगारीको सन्दर्भमा अन्तरकृया समेत गरिने उनले बताए ।

दमकमा यस किसिमको रोजगार सम्बन्धी मेला पहिलोपटक आयोजना हुदैं छ । यसैवीच, रोजगार मेला सफलतापूर्वक सम्पन्न गर्न सघाउँ पुरयाउँन संघले एक दर्जन विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताएका छन् । जसअन्तर्गत मेला , महोत्सव उपसमितिका संयोजक चम्लागाईको संयोजक र प्रकाश अधिकारी सदस्य सचिव रहेको पाँच सदस्यीय सचिवालय उपसमिति गठन गरिएको छ ।

बैठकले मिन मगरको संयोजकत्वमा साउण्डसेट तथा स्टेज व्यवस्थापन उपसमिति, रमा लिम्बूको संयोजकत्वमा उद्घाटन तथा समापन समारोह व्यवस्थापन, गोपाल गुरागाईको संयोजकत्वमा अतिथि सत्कार, मोहन ढकालको संयोजकत्वमा खाजा व्यवस्थापन, प्रकाश अधिकारीको संयोजकत्वमा अन्तरक्रिया ,जीवन चुडाँलको संयोजकत्वमा सञ्चार व्यस्थापन र नगरपालिकाका नगर प्रमुखको संरक्षकत्वमा अनुगमन तथा निर्देशन उपसमिति समेत गठन गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...