दमकमा सक्रिय पत्रकार सञ्जालको कार्यालय उद्घाटन

 लिम्बुवान न्युज
                       


दमक, ३१ जेठ । नवगठित सक्रिय पत्रकार सञ्जालले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार दमक–८ मा नगरप्रमुख रामकुमार थापाले कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको समृद्धि र विकासमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने चर्चा गरे । स्थानीय सञ्चार क्षेत्रलाई नगरपालिकाले यथासक्दो सहयोग पुराउने भन्दै उनले आगामी नीति तथा कार्यक्रमसहितको वजेटले पनि सञ्चार क्षेत्रलाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै नगर उपप्रमुख रेगीना भट्टराई प्रसाईले पत्रकारहरुको पेशागत र सुरक्षाका सवालमा स्थानीय सरकारले सहयोग पुरयाउँने स्पष्ट पारिन् ।
सञ्जालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा तथा सञ्जालका उपाध्यक्ष अनिल देव राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्र्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, प्रेस संगठनका नेता डण्डीराज घिमिरे, गौरादह पत्रकार मञ्चका अध्यक्ष सुदिप अधिकारी लगायतले बोलेका थिए । उनीहरुले सञ्चार क्षेत्रको व्यवसायिक बृद्धिविकासमा नवगठित पत्रकार सञ्जालले काम गर्ने शुभकामना दिएका थिए ।
उद्घाटन कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य बिष्णु सुब्बा, महासंघ झापाका सचिव डिकेश लामा, दमक उद्योग वाणिज्य संघका सदस्य चन्द्र खत्री, नेविसंघ नगर सभापति बिशाल अधिकारी, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक लगायत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...