४ असार, काठमाडौं ।काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि हात पारेकि हुन् ।
विजेता जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहि¥याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।
गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा पनि प्रतियोगिहरुले उपाधि जितेका थिए ।
नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई विभिन्न प्रश्नहरु सोधेका थिए । कोभिड–१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...
काठमाडाैं, २१ असाेज । जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...
दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...
दमक, १९ असाेज । दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...