रतुवा खोलाको चर्तिकला शुरुः दमक ७ का १३ घर विस्थापित

 लिम्बुवान न्युज
                       


दमक, ६ असार । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार बिस्थापित भएका छन् । झापाको दमक ७ रेडक्रस पूर्व खोलाधारमा बसोबास गर्ने १३ परिवार विस्थापित भएका हुन् ।
रतुवा खोलामा निरन्तर आएको बाढीसंगै दमक ७ रेडक्रस पूर्व तीव्र कटान बनाएपछि १३ परिवार बिस्थापित भएको वडाध्यक्ष भिम पौडेलले बताए ।
बिस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती , गोमा तामाङ, सूर्यमान आचार्य ,बिमल किस्कू, राजेश किस्कू, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दिपक गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कटान परेका परिवारलाई गएरातिनै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
यसैगरि सोही खोलामा बाढी आउदाँ गौरादह ६ स्थित टंगुवा बस्तीमा पनि करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति भने नभएको डिएसपी पाठकले बताए । असार लागेसँगै भारी बर्षा हुन पुग्दा रतुवा खोलाकाे चर्तिकला शुरू भएकाे छ साेसँगै किनारका बस्तीहरु जोखिममा पर्न थालेको हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...