दमक नगरले स्थानीय सरोकारवालाहरुसँग थाल्यो सुझाव संकलन गर्न शुरु

 लिम्बुवान न्युज
                       


दमक, ६ असार । दमक नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० को योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयमा सुझाव संकलन गर्न शुरु गरेको छ । सोमबार नगरपालिकामा पत्रकारहरुका साथै विभिन्न संघ संस्थाका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरुसँग आगामी बजेटमा समेट्नु पर्ने विषयहरुको सुझाव समेत माग गरेको छ ।

बजेट तथा योजना तर्जुमा समिति संयोजक तथा नगर उप–प्रमुख रेगिना भट्टराईकोको अध्यक्षतामा आज बिहान नगर क्षेत्रभित्र रहेका पत्रकारहरुसँग सुझाव मागेको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी केन्द्रिय सदस्य टिकाराम उप्रेती, संघीय पत्रकार मञ्च, नेपालका संयोजक दिलकुमार लावती, अग्रज पत्रकारहरु कृष्ण कार्की, गोपाल झापाली, युवा पत्रकार चिरञ्जीवि घिमीरे, निशेष राई, भूमिराज पराजुली लगायतले सुझाव राख्दै नगरपालिकालाई सञ्चारमैत्री बनाउनु पर्ने सुझाव सहित लोककल्याणकारी विज्ञानमा सहजबनाई स्थानीय संचारहरुलाई प्रथामिकतामा राख्न सुझाव दिएका थिए ।

त्यसैगरी बजेट तथा योजना तर्जुमा समितिले नगर भित्र रहेका राजनैतिक दलका अगुवा साथै संघ संस्थाका प्रमुखहरु संगपनि सोमबार नै छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ ईक्सा सम्बाहाम्फे, दमक क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी लगायतले सुझाव पेश गरेका थिए ।

कार्यक्रमका अध्यक्ष समिति सम्योजक तथा नगर उप–प्रमुख भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकिय अधिकृत शशी राईले सबैका सुझाव समेटेर आगामी आर्थिक बर्षको बजेट ल्याउने प्रतिबद्धता जनाए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...