राई र सन्तराजले उपचार सहयोगको लागि गरे याचना

 लिम्बुवान न्युज
                       


मक, झापा । झापाको शिवसताक्षी ८ बसोबास गर्ने २८ वर्षीय विशाल राई र रेणु सन्तराजले उपचार सहयोगका लागि याचना गरेका छन् ।
बुधबार पत्रकार मञ्च दमकको सभाहलमा राईका तर्फबाट विशाल दुमी राई बचाउ अभियानले पत्रकार सम्मेलन आयोजना गरेर उपचारको सहयोगका लागि याचना गरेको हो । साेही कार्यक्रममा रेणु सन्तराजकाे परिवारले पनि सहयाेगकाे याचना गरेका छन् । अभियानका संयोजक बलबहादुर राईका अनुसार विशालको पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको र हालसम्म ४–५ लाख रकम उपचारका क्रममा खर्च भइसकेको छ ।
हाल सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका विशालको शरीरको रगत परिवर्तन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको र सो कार्यका लागि ३० देखि ३५ लाख खर्च हुने बताइएको छ ।
अभियानका तर्फबाट इच्छुक मनकारी दाताहरुसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जारी अपिलमा उल्लेख छ ।
सहयोगका लागि अभयिानले सेन्चुरी बैंक, दमक शाखामा बलबहादुर राई र धिरज राईको नाउँमा बैंक खाता खोलेको जानकारी दिइएको छ ।
सहयोग गर्न इच्छुक दाताहरुलाई सेन्चुरी बैंकको दमक शाखामा खता नम्बर 0570001530C5 मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।

यस्तैगरी सोही मञ्चको सभाहलबाट दमक ७ निवासी ५२ वर्षीया रेणु सन्तराजको परिवारले पनि उपचार सहयोगको याचनासहित दाताहरुसमक्ष अनुरोध गरेका छन् ।
२ वर्षअघिदेखि दुवै मृगौला खराब भइ बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेकी सन्तराजको परिवारले सहयोग गरिदिनहुन अनुरोध गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
बिगत ४० वर्षदेखि दमकमा ढुङ्गाको जातो, सिलौटालगायत घरायसी सामग्री कुँदेर जिविकोपार्जन गर्दै आएकी सन्तराजको उपचारका क्रममा जायजेथासमेत सकिएको उनका छोरा मुकेश सन्तराजले जानकारी दिए ।
उनलाई सहयोग गर्न इच्छुकले मुकेश सन्तराजको नाममा प्राइम कमर्सियल बैंक दमक शाखामा रहेको खाता नम्बर 03501810CA मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...