माङ्सेबुङले किरात लिम्बु भाषालाई सरकारी कामकाजि भाषा बनाउने घोषणा

 लिम्बुवान न्युज
                       


दमक, १० असार । इलामको माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई सरकारी कामकाजि भाषा बनाउने भएको छ । पालिकाको ११ औ गाउँसभाले नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो ।

माङ्सेबुङ गाउँपालिकामा सबैभन्दा धेरै ४३ प्रतिशत जनसंख्याले बोल्ने किरात लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने भएको हो । पालिकामा लिम्बू भाषिक कर्मचारीको समेत ब्यवस्था गरि कार्य संचालन गर्ने बताइएको छ ।
लिपिमा किरात सिरिजङ्गा लिपिको प्रयोग गरिनेछ । गाउँपालिकाभित्र ३६ प्रतिशत रहेको राईहरुको मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा वान्तावा भाषिक कर्मचारीको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।

माङ्सेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू र ३६ प्रतिशत राई जातिहरूको बसोबास रहेको छ । पालिकाभित्र सबैभन्दा धेरै लिम्बूहरूको बसोबास रहेको छ । जातिय बहुसंख्यकको आधारमा प्रत्येक वडामा भाषिक कर्मचारीहरुको ब्यवस्था गरिने नीति कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको सम्मानको लागि फाल्गुनन्द मार्गको नामकरणको लागि फहल र फाल्गुनन्द पार्क निर्माण गर्ने जनाइएको छ ।

पालिकामा सम्पुर्ण जातिहरुको भाषा, लिपि, धर्म, कला सस्कृतीको संरक्षण सम्बर्द्धनको लागि नीति अवलम्बन गर्ने बताएको छ ।
यसअघि माङ्सेबुङ ५ मा २०७५ साल देखिनै लिम्बू भाषा कामकाजी भाषा घोषणा भएको हो । (तस्वीरः माङसेबुङन्यूज अनलाइन)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...