दमक नगरको नीति तथा कार्यक्रम सार्वजनिकः कार्यक्रममा १ अर्व ६३ करोडको नयाँ बजेट पेश

 लिम्बुवान न्युज
                       


दमक, १० असार । दमक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अधिकांश कार्यक्रम यस अघीकै सरकारले ल्याएको हो ।
घोषित नीति तथा कार्यक्रमको पहिलो बुँदामा दमकका भूमिहिन तथा सुकुम्बासीका बारेमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ०७८÷७९ सम्ममा दमक वडा नं. १ र ७ मा ३८ वटा विपन्न नमुना घर निर्माण गरी बसोबास गराई सकिएको त्यसैगरी आवास कार्यक्रम अन्तर्गत दमक वडा नं. ३ मा ३३ विपन्न परिवारलाई संघीय र प्रदेश सरकार तथा दमक नगरपालिकाको साझेदारीमा व्यवस्थित घर निर्माण गरी बसोबास गराई सकिएको उल्लेख गरेको छ । आगामी आर्थिक बर्ष ०७९/0८० मा पनि सो कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
बार्षिक नीति अनुसार यस बर्ष १ हजार विप्पन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गराउने गरिको कार्यक्रम पनि सार्वजनिक गरेको छ । ‘‘अति विपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि ‘‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरकी उप प्रमुख रेगिना भट्टराईले जानकारी गराउनु भयो ।
विप्पन्नताका लागि आर्थिक बर्ष ०७९/0८० मा गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने पनि कार्यक्रममा समेटिएको छ ।
कार्ड मार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । जस अन्तर्गत क्रमशःसबै अति विपन्न परिवारहरु समेटिने लक्ष लिइएको छ ।
नगरपालिकाले विप्पन्नताकालागि सहुलियत पसलको व्यवस्था पनि गर्ने निति लिएको छ । ‘कम्तीमा ३०० अति विपन्न परिवार छनौट गरी परिवार संख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु चामल÷पिठो, दाल, नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाटसञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख भट्टराईले बताइन् ।

निति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

daak-niti-tatha-karyakram-2079-80

१ अर्व ६३ करोडको नयाँ बजेट

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० बजेट पनि नगरसभामा पेष गरेको छ । बजेट तर्जुमा समिति संयोजक तथा उप–प्रमुख रेगिना भट्टराईले सभामा बजेट पेस गरिन् । उनले पेश गरेको बजेटमा ८३ करोड ३३ लाख ६० हजार अर्थात कुल बजेटको ५१ प्रतिशित बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैँया अर्थात कुल बजेटको ४९ प्रतिशत पुँजिगत खर्चकालागि छुट्ट्याइएको छ ।
बजेटको श्रोतबारेमा पनि नगरसभामा उहाँले जानकारी गराउनु भयो । उनले पेश गरेका बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैँँया, प्रदेश सरकारको सवारी साधनकर बाँडफाटबाट ७० लाख ९९ हजार रुपैँया, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागीताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उप–प्रमुख भट्टराईले सभामा पेस गरेकि छिन् ।
बजेटले नगरपालिकाको सुशासन, आर्थिक समृद्धि, लैङ्गीक समानता, समावेशिकरण, न्यायपूर्ण, सन्तुलित र दिगो पूर्वाधार विकासको परिकल्पना गरिएको दावि गरिएको छ ।
प्रस्तुत, नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गतेसम्ममा नगर प्रमुखलाई सुझाव पेस गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगरप्रमुख राम कुमार थापाले बताएका छन् ।

बजेटको पूर्ण पाठ यहाँ पढ्नुहोस ।

damak-budget-2079-80

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...