पाँचथरमा गोलियाले लियो १८ वर्षे युवाको ज्यान

 लिम्बुवान न्युज
                       


पाँचथर, ११ असार । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ स्थित बरबोटेमा गोलियाले किचेर एक १८ वर्षीय युवकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार स्थानीय राजेश आङदेम्वेले ज्यान गुमाएका हुन् ।

बजारमा बिक्रीका लागि पठाउन लागिएको गोलिया पल्टाउने क्रममा आङदेम्वेलाई आज विहान गोलिया मुढाले किचेको थियो ।

घट्नास्थलमै ज्यान गुमाएका आङदेम्वेको आवस्यक प्रकृया पु¥याएर पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...