प्रदेश १ को नामाकरण लिम्बुवान नगरे विद्रोह गर्ने चेतावनी

 लिम्बुवान न्युज
                       


झापा, १२ असार/ संघीय लिम्बूवान पार्टी, नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने चेतावनी दिएका छन् ।
शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको अघात आस्था, समपर्ण, सद्भाव एवम् ऐकवद्धता रहेको लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरित प्रदेश १ को नामाकरण गरिए ठूलो बिद्रोह हुने अध्यक्ष पालुङ्वाले बताएका हुन् ।
लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई तत्कालीन नेपाल सरकारले २०६४ साल चैत ६ गते पाँच वुँदे सहमति गरी निस्तेज गरेको र आफूहरु अहिलेसम्म चुप लागेर बसेको बताउँदै अध्यक्ष पालुङ्गाले भने – ‘संविधानसभाबाट लिम्बुवान स्वायत्त राज्य सुनिश्चित हुने गरी सरकारसंग हामीले ६ चैत २०६४ मा पाँच बुँदे सहमति ग¥यौ तर अहिलेसम्म सहमति कार्यन्वयन हुन सकेको छैन ।’
विगतको सहमतिलाई लत्याउँदै प्रदेश १ को नामाकरणका विषयमा राजनीतिक दल, नेता तथा सांसदहरु अघि बढे भविश्वमा महंगो मूल्य चुकाउनु पर्ने उहाँको चेतावनी रहेको छ ।
मुलुकमा दिनानुदिन महंगी, भ्रष्टचार, बलात्कार, वेतिथि, कुशासन बढिरहेको तथा अमेरिकी अरियोजना एमसीसी र एसपीपी बारे हाम्रो पार्टी कडा आलोचना रहेको सम्मेलनमा अध्यक्ष पालुङ्वाले बताए ।
पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता बीर नेम्वाङ्ले लिम्बुवान राज्यमा याक्खा, याम्फु, लोहरुङ, आठपहरिया, लेप्चा, कोच, धिमाल, संथाल, लगायतका गैर भौगोलिक स्वयत्तता र विशेष क्षेत्रहरु संविधानत व्यवस्था हुने बताउँदै लिम्बुवान आन्दोलनसंग जोडिएका राजनीतिक दल, सामाजिक संघ संस्था, वुद्धिजीवी, पेशाकर्मी सहित सबैलाई लिम्बुवान स्वयत्त राज्य स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आव्हान गरे ।
पत्रकार सम्मेलनमा लिम्बुवानका पार्टी नेपालका अन्य शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...