दमकमा अल नेपाल मुए च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक/ नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा आइतबार दमकमा राष्ट्रियस्तरको अल नेपाल मुए थाइ (फाइट)च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न भएको छ ।

रोयल पार्टी प्यालेस दमकमा भएको टुर्नामेन्टमा देशभरका २२ जना खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाले खेल क्षेत्र अब नेपाली समाजको एउटा अभिन्न अंग भइसकेको बताए ।

उनले खेल क्षेत्र र खेलाडीहरुलाई हेर्ने पुरानो दृष्टिकोण समाजमा बदलिइसकेको भन्दै मानिसको जिवन खेलकुद बिना अधुरो रहेको उल्लेख गरे । उनले खेलकुद महासंघ व्यवसायिक खेलकुद बिकासका निम्ति सदैव क्रियाशील रहेको पनि उल्लेख गरे ।

यस किसिमका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा उजागर गर्न पनि मद्धत पुरयाउने उनको भनाई थियो । प्रतियोगितामा पूर्णजित राई पहिलो, अजित महर्जन दोश्रो तथा देवेन्द्र खडका र रोयल राई तेस्रो भएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेपाल खेलकुद महासंघ प्रदेश १, हिमालय ब्लड किक बक्सिङले सहयोग रहेको प्रतियोगिता नेपाल खेलकुद महासंघ झापा जिल्ला अध्यक्ष भवानी बराल, नेपाल खेलकुद महासंघ दमक नगर कमिटी अध्यक्ष टीका सापकोटा लगायत अन्य महासंघका पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोशन सिम्खडाले गरेका थिए । (प्रदेश अावाजबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...