सरस्वती माबिमा बाली विज्ञानको पठनपाठन शुरूः विद्यार्थीहरु आकर्शित हुँदै

 लिम्बुवान न्युज
                       


दमक, १४ असार । इलामको माङ्सेबुङ –५ स्थित सरस्वती माध्यमिक बिद्यालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन शुरु भएको छ । सरस्वती माविले ०७७ सालदेखि सो बिद्यालयमा प्राविधिक शिक्षा पढाई सुरु भएको हो ।

पहिलो बर्ष कक्षा ९ मा मात्र अध्ययन अध्यापन भएको बिषय हाल कक्षा १० सम्म पढाई हुँदै आइरहेको छ । विद्यालयमा सो विषयमा अध्ययन गर्ने कक्षा ९ मा २१ जना र १० कक्षामा २१ जना विद्यार्थी रहेका छन् । एसइइ दिइसकेका ३३ जना विद्यार्थीले ओ.जि.टी तालिम लिइरहेको शिक्षक दिप्सन राईले बताएका छन् ।

पछिल्लो समयमा गाउँमै प्राविधिक शिक्षा पढ्न पाएकामा बिद्यार्थीहरु पनि खुशी छन् । उनले भने ‘सैद्धान्तिक शिक्षालाई ब्यवहारिक रूपमा देखाउने काम ओजिटिको रूपमा गर्नुपर्दछ ।’

प्राविधिक शिक्षा सञ्चालन गरेपछि पढाइका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँमै बसेर विद्यार्थीले कम खर्चमै गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाएका छन् । गाउँपालिकाकै एकमात्र प्राविधिक कृषि बाली बिज्ञान सरस्वती माबिमा पठनपाठन हुँदै आइरहेको छ ।
गाउँमै प्राविधिक कृषि शिक्षा बाली बिज्ञान पढ्न पाउँदा विद्यार्थीहरु पनि खुशी भई प्राविधिक विषयप्रति चासो बढ्दै गएको साथै प्राविधिक शिक्षा लिँदा जागिर पाउन कुनै समस्या नहुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीहरुको रुचि बढेको विद्यालय श्रोतले जनाएको छ ।

बाली बिज्ञान प्राविधिक शिक्षाको लागि पर्याप्त मात्रामा जग्गाको आवश्यक पर्ने गर्दछ । ब्यवहारिक रूपमा खेतिपाती गर्नुपर्ने भएकोले पनि पर्याप्त जग्गा चाहिने शिक्षक दिप्सन राईले बताए । “मौसमी र बेमौसमी खेतिको लागि आवश्यक जग्गा छ । तर, कागती, सुन्तला जस्ता बिरुवाको लागि लामो समयसम्म हेरचाह गर्नुपर्ने भएकोले बिद्यालयको आफ्नै जग्गा भए दिगो र ब्यवहारिक रूपमा अध्ययन गर्नका लागि कुनै कठिनाइ नहुने बताउँदै यस तर्फ विद्यालय व्यवस्थापन समितिको ध्यान जान आवश्यक रहेको छ” शिक्षक राईले भने ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...