माङसेबुङमा पत्रकारितामा फिचर लेखन तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, १६ असार । इलामको माङसेबुङमा गत आइतबारदेखि जारी ‘पत्रकारितामा फिचर लेखन तालिम’ बुधबार सम्पन्न भएको छ ।
फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान र स्थानीय अग्रज सञ्चारकर्मी अवोध अविरलले सहजीकरण गरेको तालिममा आधारभूत समाचार लखेनको प्रयोगात्मक अभ्याससहित फिचर लेखन बारे सैद्धान्तिक ज्ञान दिने र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

माङसेबुङका ६ वटै वडाबाट सहभागी डाकिए पनि निरन्तर वर्षाका कारण यातायातका साधन चल्न नसक्दा वडा नम्बर ३ र ५ का मात्रै तालिममा सहभागी थिए । जसमा ५ महिलासहित १२ जनाको सहभागिता रहेको थियो ।

माङसेबुङ पब्लिकेसन्स एण्ड मिडिया प्रा.लि.को आयोजना र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुमले दीप प्रज्वलन गरी तालिमको समापन कार्यक्रमलाई औपचािरकता दिएका थिए । कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय उपाध्यक्ष होम लिङदेन, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दूधबहादुर लावती, प्रशिक्षक देवान र प्रशिक्षार्थीको तर्फबाट योगेश लावतीले बोलेका थिए ।

कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष खगेन याक्खा, फाल्गुनन्द बोर्डिङ स्कूलका प्रिन्सिपल जलन आङबुहाङ, किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका व्यावस्थापन समिति अध्यक्ष मदन इङनाम लगायको उपस्थिति रहेको थियो ।

पब्लिकेशनबाट प्रकाशित माङसेबुङ मासिकका कार्यकारी सम्पादक केदेमको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा सह सम्पादक काकीराम लावतीको सञ्चालन रहेको थियो भने स्वागत माङसेबुङ मासिकका फोटो पत्रकार प्रवीण सेलिङले गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...