बाँकी जिन्दगी पहिचान प्राप्तिको लागि समर्पित गर्नेछुः सरक्षक रेशम चौधरी

 लिम्बुवान न्युज
                       


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर नलाग्ने बताएका छन् । परासीमा भएको स्वागत कार्यक्रममा बोल्दै पार्टीका संरक्षक पुर्व सांसद चौधरीले यसाे बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै चौधरीले अबको बाँकी जिन्दगी सम्पूर्ण पहिचानबादीहरुलाई एक बनाउदै जनताको हितको लागि सर्मपित गर्ने उद्घोष गरेका छन् ।

२०७२ सालमा घटेको टिकापुर घटनामा १ नाबालक र ८ प्रहरी मारिएको आरोपमा जन्मकैदको साजाय काटिरहेका चौधरी ८ वर्ष पछि गणतन्त्र दिवसको अवसरमा यहि जेष्ठ १५ गते सरकारले आममाफि दिएपछि उनी जेल मुक्त भएका हुन । उनी जेल मुक्ति भएपछि आज बुधबार पश्चिम नवलपरासी जिल्ला पार्टीका कार्यकर्ताहरुले भव्य स्वागत गरिरहेका छन् ।

 

पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, केन्द्रिय सदस्यहरु लक्ष्मण थारु, बसन्त हमाल, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ्, लुम्बिनी प्रदेश सदस्य बसन्ती नेपाली लगायत नेताहरुले उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अवसरमा ५० भन्दा धेरैले विभिन्न पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरीले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...