प्रदेश सरकारले पहिचान पक्षधरलाइ वार्ताका लागी आव्हान

 लिम्बुवान न्युज
                       

दमक / प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने समितिले बताएको थिए । त्यसपछि सोमबार प्रदेश सरकारले समितिलाई वार्तामा बोलाएको हो ।

फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधरले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका थिए । दुइ महिना अघिबाट शुरू भएकाे अान्दाेलनमा पदम लिम्बु लाजेहाङ शहिद भइ सकेका छन् भने थुप्रै घाइते भएका छन् ।

पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

आन्दोलनरत पक्षले सरकारले वार्ता समिति गठन गरे पनि वार्तामा औपचारिक रुपमा पत्र नअाएकाेमा अापत्ति जनाएका थिए।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...